
काठमाडौं, ३१ वैशाख । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिनका दागि आज अन्तिम दिन हाे । बैंकले वैशाख २२ गतेदेखि रुपैया १ हजार मूल्य अंकित ३ अर्ब ५ करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र जारी गरेको थियो ।
कुल ऋणपत्रमध्ये २१ लाख इकाई व्यक्तिगत तथा बाँकी रहेको १४ लाख इकाई सर्वाजनिक रुपमा जारी गरिएको थियो । उक्त १४ लाख इकाईबाट पनि ७० हजार इकाई सामुहिक लगानी कोषका लागि छुट्याईएकोमा १५ हजार इकाई बाँडफाँड भईसकेको छ । बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ बराबरको इकाई सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।
बैंकका अनुसार १० वर्षे अवधिको लागि ‘८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ नामको ऋणपत्र जारी गरिएको हो । यस अनुसार लगानीकर्ताले वार्षिक ८.५ प्रतिशतले ब्याज पाउने भएका छन् ।
ऋणपत्रमा लगानीकर्ताले घटीमा २५ इकाई र बढीमा ३ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । यसका लागि नबिल इन्भेष्टमेन्ट बैकिङ बिक्री प्रबन्धक रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



