सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो ।

२ लाख ३४ हजार १९५ जना आवेदकले आइपिओ पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका हुन् । १४ लाख ५१ हजार ४ सय ३२ जना आवेदकको हात रित्तो हुँदा ४ हजार ४ सय ४२ आवेदन रद्द भएको जनाइएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १ सय ३८ रुपैयाँ ७९ पैसा छ।

नतिजा शुक्रबार साँझबाट मात्र आइपिओरिजल्ट डट् सिडिएससी डटकम डट एनपी (https://iporesult.cdsc.com.np) बाट हेर्न सकिनेछ।