इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार नेप्सेमा रोक्का

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार दुबै बैंकबीच बिहिबार एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएपछि शेयर कारोबार रोक्का गरिएको हो ।

बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी बिनियमावली २०७३ को विनियम ६ (१) बमोजिम आजदेखि दुबै बैंकको शेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेन्जका सूचीकरण शाखाका वरष्ठि अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन् ।