
काठमाडौं, ३१ वैशाख । बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास सितल निवासमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन्।
प्रधानमन्त्री ओली संसदमा विश्वासको मत लिन नसकेको तीन दिनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छन् भने प्रधानमन्त्री ओलीले राज्यमन्त्रीलाई सपथ गराएका छन्।
पुरानै अनुहारः
प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन्। सपथ लिनेहरूमा रामबहादुर थापा वादल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह रहेका छन्। भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो रहेका छन् । राज्यमन्त्रीहरूमा नवराज रावत, रामवीर मानन्धरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्री र राज्य मन्त्रीहरुलाइ पहिलेकै मन्त्रालयको जिम्मा दिइएकाे छ ।
मन्त्रीपरिषदः
१ केपी शर्मा ओली -प्रधानमन्त्री तथा रक्षा मन्त्रालय
२ इश्वर पोखरेल -उपप्रधानमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय)
३ राम बहादुर थापा – गृह मन्त्रालय
४ टोप बहादुर रायमाझी – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
५ विष्णु पौडेल – अर्थ मन्त्रालय
६ प्रदीप ज्ञवाली – परराष्ट्र मन्त्रालय
७ हृदयश त्रिपाठी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८ लेखराज भट्ट – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय
९ कृष्णगोपाल श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१० प्रभु साह – शहरी विकास मन्त्रालय
११ भानुभक्त ढकाल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१२ मणिचन्द्र थापा – खानेपानी तथा सरसफाई मन्त्रालय
१३ पद्मा अर्याल – कृषि तथा पशुपंक्षी मन्त्रालय
४ वसन्त कुमार नेम्वाङ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१५ गौरीशंकर चौधरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१६ पार्वत गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
१७ डा. शिवमाया तुम्वाहाङ्फे – भूमी व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालय
१८ लीलानाथ श्रेष्ठ – कानुन मन्त्रालय
१९ गणेश सिंह ठगुन्ना – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२० प्रेम आले -बन मन्त्रालय
२१ जली कुमारी महतो – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
२२ दावा लामा (तामाङ) – युवा तथा खेलकुद मन्त्रालय
राज्यमन्त्रीहरू
१ नवराज रावत – स्वास्थ्य राज्यमन्त्री
२ रामवीर मानन्धर – शहरी विकास राज्यमन्त्री
३ बिमला बिक – उद्योग राज्यमन्त्री






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



