
काठमाडौं, २ जेठ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ६ गतेबाट लगानीकर्ताहरुको लागि बिक्रीमा ल्याएको थियो ।
यसअघि वैशाखको २६ गतेसम्म आवेदन दिन सकिने भनिए पनि म्याद थप गरेर वैशाख २ गते आजसम्म पुर्याईएको हो । कम्पनीका अनुसार कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै कम्पनीले म्याद थपेको थियाे ।
कप्पनीका अनुसार प्रतिशेयर १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरिएको थियो । जस्को १ बराबर ०.५ को अनुपात रहेको छ ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रयोजनका लागि कम्पनीले चैत्र ९ गते बुक क्लोज गरेको थियो । चैत्र ८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि योग्य मानिनेछन् ।
शेयर लगानीकर्ताहरुले आवेदनका लागि मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ बैंक र शाखा कार्यालयहरु तथा सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने भएका छन् ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



