
काठमाडौं, २ जेठ । एनएमबि बैंकले आज देखि १० वर्ष अवधिको लागि २ अर्ब बराबरको ऋणपत्र खुला गरेको छ । बैंकले यसका लागि वार्षिक रुपमा ८.५ प्रतिशत ब्याज गर्नेछ । बैंकले ”एनएमबि ऋणपत्र ८.५-२०८७/८८” नामक ऋणपत्र बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता १ हजार मूल्य अंकित २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएको छ । ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ भने ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७ लाख ६० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदकले कम्तिमा २५ कित्ता तथा बढीमा ८ लाख कित्ताका लागि आवेदन पेश गर्न सक्ने भएका छन् । आवेदन दिने समय जेठको ५ गतेसम्म रहेको छ । ढीलोमा जेठको १६ गतेसम्म आवेदन पेश गर्न सकिने भएको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



