निषेधाज्ञामा इमेलबाटै मुद्धती खाताको नवीकरण गर्न सकिने

- संक्रमणको जोखिमको कारण घरैबाट कारोबार गर्न अनुरोध

-



     सफल आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ वैशाख । नेपाल बैंकर्स संघले निषेधाज्ञाको अवधिभर घरैबाट बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई अनुराेध गरेको छ । संघले बैंकिङ कारोबारसंगै मुद्दति खाताको नवीकरण पनि इमेलबाट गर्न सकिने जानकारी दिएको छ ।

कोभिड १९ को दोश्रो कहर बढेसंगै संक्रमणको जोखिम पनि बढेकोले बैंकिङ कारोबार घरैबाट गर्न संघले बैंकका ग्राहकहरुलाई अनुरोध गरेको हो ।

मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत एउटा खाताबाट अर्को खातामा रकम स्थानान्तरण, खाताकाे व्यालेन्स हेर्ने, बिभिन्न बिल भुक्तानी लगायतका कार्यहरु गर्न सकिने भएकोले यसतर्फ अभ्यस्त हुन अनुरोध गरिएको छ । साथै सामान खरिद गर्दाखेरि उपलव्ध भएसम्म कार्डको प्रयोग गरेर तथा क्यूआर बाट भुक्तानी गरि सकेसम्म नगद कारोबारलाई कम गर्न संघले अनुरोध गरेको छ ।

संघले बिज्ञप्ति प्रकाशित गरि ग्राहकको सजिलोको लागि निषेधाज्ञाको अवधिसम्म मुद्धती खाता नविकरण समेत सम्बन्धीत बैंकलाई इमेलबाट अनुरोध गर्न सकिने जानकारी गराएको छ । कुनै कारणबस् इमेल गर्न नसकेको खण्डमा निषेधाज्ञा सकिएको ७ दिन पछिसम्म मुद्दति परिपक्व भएको मितिबाट नै लागू हुने गरी नवीकरण गर्न सकिने भएको छ ।

ग्राहकको बैंकिङ कारोबारका विषयमा, सेवा, सुझाव वा गुनासो भएको खण्डमा बैंकको वेवसाइटमा गएर सम्बन्धीत अधिकारीको सम्पर्क नम्बर र कल सेन्टर राखिएकोले त्यसलाई उपयोग गर्न संघले अनुरोध गरेको छ।