लायन्सको बाग्मती तथा गुल्मी एरियाका पिभिएसटीकाे स्कुलिङ सम्पन्न

- आगामी वर्ष १३ जिल्लामा ‘लायन्स मोडल भिलेज’ स्थापना गर्ने गभर्नर आचार्यको घोषणा

-



     सरिता दाहाल    
     जेठ २ गते २०७८ मा प्रकाशित



पोखरा, २ जेठ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको बाग्मती तथा गुल्मी एरियाका पिभिएसटीहरूकाे स्कुलिङ शनिबार सम्पन्न भएको छ । कोभिडका कारण स्कुलिङमा सबैलाई जुम प्रविधिमार्फत सहभागी गराइएको थियाे ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन विश्वेश्वर आचार्यले लायन वर्ष २०२१–२२ का लागि डिष्ट्रिक्टले ल्याएका मुख्य कार्यक्रमबारे जानकारी गराएका थिए । सहभागी क्लबका इलेक्ट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुले गभर्नरका कार्यक्रम पूर्ण सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

गभर्नर आचार्यका अनुसार आगामी वर्षको मुख्य कार्यक्रम ‘लायन्स मोडल भिलेज’ स्थापना गर्ने रहेको छ । लायन्सले धेरै कार्यक्रम गरिरहेकाे तर त्यसको प्रभावकारितामा कमी भएको जनमानसले महसुस गरेकाेले अबको वर्ष नियमित गरिने कार्यक्रम अतिरिक्त तोकिएको १३ जिल्लाका गाउँ केन्द्रित गरेर मुख्य कार्यक्रम गर्ने र सेवाका सम्पूर्ण कार्यसँगै आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेर त्यही स्थानमा गर्दै ती गाउँ उधमी गाउँका रुपमा विकास गर्ने योजना रहेको डिष्ट्रिक्ट गभर्नर इलेक्ट विश्वेश्वर आचार्यले सफल आवाजलाई बताए ।

कार्यक्रममा ख्यातिप्राप्त प्रशिक्षकले भर्चुअली प्रशिक्षण दिएका थिए । कार्यक्रमका कि नाेट स्पिकर एवं लायन्स अन्तर्राष्ट्रियका एलसिआइपि सर्टिफाइड फ्याकल्टी, वरिष्ठ प्रशिक्षक सन्देशदास श्रेष्ठले लिडरसीप इन क्राइसिस विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक एवं मोटिभेसनल स्पिकर रमण नेपाली भट्टराईले सक्सेस मन्त्र शीर्षकमा प्रशिक्षण दिए ।

लायन्स डिस्ट्रिक ३२५ वि १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल लायन्स म्यागेजिन चिफ एडिटर लायन धनराज आचार्य र गभर्नर इलेक्ट विश्वेश्वर आचार्यले नवनिर्वाचित अध्यक्षलाई प्रशिक्षण दिएका थिए ।

प्रथम भाइस गभर्नर इलेक्ट महेन्द्र पौडेल, सेकेन्ड भाइस गभर्नर इलेक्ट मणिरत्न बज्राचार्य मनोनीत क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाई, क्याबिनेट सेक्रेटेरी सूर्यकुमार केसी, मनोनीत कोषाध्यक्ष पृथ्वी शर्मा तिमल्सिना र हालका कोषाध्यक्ष उदय नेपालले क्रमश उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई प्रशिक्षण दिएका थिए ।


स्कुलिङ्गमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई उनीहरुको काम, कर्तव्य र अधिकार विषयमा प्रशिक्षण दिएको मनोनीत क्याविनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर लायन बालकृष्ण वुर्लाकोटीले बाग्मती तथा गुल्मी एरियाका पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गर्भनरले ल्याएका कार्यक्रम सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । लायन्स लिडर बुर्लाकोटीे आगामी जेठ २१ र २२ मा भर्चुअली हुने मल्टिपल कन्भेन्सनमा डिष्ट्रीक ३२५ वि १ को तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि उमेदवार समेत हुन् । उनले आगामी मल्टिपल कन्भेन्सनमा मत दिएर आफूलाई विजय गराउन आग्रह गरेका छन्।

डिष्ट्रिक्ट ३२५ वि १ नेपालका वर्तमान डिष्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोक्काको सभापतित्वमा सम्पन्न स्कुलिङ कार्यक्रममा लायन्स म्यागेजिन चिफ एडिटर लायन धनराज आचार्य, डिजी इलेक्ट विश्वेश्वर आचार्य, वर्तमान डिष्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोक्का, एसडिजि चिफ आरबि अधिकारी लगायतले लायन्सको स्कुलिङ कार्यक्रमको उपयोगितामाथि प्रकाश पारेका थिए ।

करिब ८ सय लायन्सले भर्चुअल स्कुलिङमा सहभागिता जनाएको कार्यक्रम संयोजक लायन उदय नेपालले बताए।