फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

- निगम पाक्षिक १३२ कराेड घाटाकाे अवश्थामा

-



     सफल आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ जेठ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ बृद्धि गरेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमका प्रवक्ता इन्जिनियर बिनित मणि उपाध्यायले जानकारी दिएका छन् ।

नेपाल आयाल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य प्रतिलिटर २/२ रुपैयाँले बृद्धि गरिएको हो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको सन्दर्भमा आईतबार ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार पेट्रोलमा रु १.४२, डिजेलमा रु २.६८, हवाई इन्धनमा आन्तरिक तर्फ रु २.९२ रुपैयाँले बढेर आएको निगमले जनाएकाे छ ।

समग्रमा पेट्रोल तथा डिजलमा प्रतिलिटर क्रमशः रु १०.२० र रु ६.१२ तथा एलपि ग्याँस प्रति सिलिण्डर रु ३७५.१३ रुपैयाँ घाटा हुने अवश्था आएको निगमले जनाएको छ । प्राप्त मूल्य अनुसार बिक्री मूल्य समायोजन नगर्ने हो भने निगमलाई सामान्य बिक्रीको अवश्थामा पाक्षिक रुपमा करिब १३२ करोड घाटा हुने अवश्या रहेको जनाईएको छ ।