प्रभु बैंकले ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि ल्याउँदै

-



     सफल आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ जेठ । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीको तयारी गरेको छ । बैंकले जेठको ११ गतेबाट प्रतिइकाई १ हजार मूल्य अंकित ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि ल्याउन लागेको हो ।

बैंकले ४० लाख इकाई ऋणपत्रमध्ये २५०० इकाई ऋणपत्र म्युचुअल फण्डको लागि बाँडिसकिएको छ । २४ लाख इकाई विभिन्न संघ संस्थाहरुको लागि बिक्री गर्ने भएको छ । १६ लाख ७७ हजार ५०० इकाईको लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् ।

ऋणपत्रको अवधि १० वर्षको लागि हुनेछ । जसको ”प्रभु बैंक डिबेन्चर २०८७” नाम दिईएको छ । बैंकका अनुसार वार्षिक रुपमा ८.५ प्रतिशत ब्याज दिईने भएको छ ।

ऋणपत्र खरिदका लागि लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिने समयावधि रहेको छ । तोकिएको मितिसम्म ऋणपत्र बिक्री नभएको खण्डमा जेठको २६ गतेसम्म आवेदन दिन सकिने भएको छ । खरिदकर्ताले घटीमा २५ तथा बढीमा १० लाख इकाईका लागि आवेदन पेश गर्न सक्ने भएका छन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।