
काठमाडौं, ३ जेठ । लगातार दोश्रो दिन पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । साताको दोश्रो दिन साेमबार आज सुनको मूल्यमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० कायम भएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



