
काठमाडौं, ३ जेठ । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) निष्काशन गर्नका लागि अनुमति दिएको छ । बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालन हुने उक्त फण्डलाई अनुमति दिइएको हो ।
बैंकका अनुसार नयाँ फण्डको अवधि ७ वर्षको रहेको छ भने यो बन्दमुखि योजना हो । फण्डमा प्रति इकाई मूल्य रुपैयाँ १० को दरले १० करोड इकाईमध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकको लागि छुट्याईएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिने भएको छ ।
बैंकका अनुसार यस नयाँ योजनामा संकलन भएको अधिकांश रकमलाई दोश्रो बजारमा सूचीकृत भएका कम्पनीहरुमा लगानी गरिने भएको छ । यस योजनामा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुबाट ३० वटा कम्पनी छानेर लगानी गरिने भएको छ । ३० वटा कम्पनीमा गरिने लगानीले नेप्सेमा कायम रहेका सबै उपसमूहको प्रतिनिधित्व गर्ने हुँदा एनआईसी एशिया सेलेक्ट-३० फण्डलाई इन्डेक्स फण्ड भनिएको छ ।
योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापटिल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



