तेश्रो दिन पनि बढ्याे सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ जेठ । लगातार तेश्रो दिन मंगलबार आज पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । छापावाला सुनको मूल्यमा रुपैयाँ ६०० ले बृद्धि भएको छ भने चाँदीमा ३५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य रुपैयाँ ६०० ले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा ३५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।