
काठमाडाै, ४ जेठ । पछिल्लो २४ घन्टामा ८ हजार २ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २ सय ८६ पिसिआर परीक्षण गर्दा ८ हजार १ सय ३६ र ६ सय ९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट १ सय ९६ को ज्यान गएको छ भने ६ हजार ८ सय ९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ ।
काठमाडाैमा २ हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ सय ६५ र भक्तपुरमा २ सय २१ संक्रमित थपिएका छन् ।
काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३ सय ३९, ललितपुरमा ६ हजार ९ सय ९० र भक्तपुरमा ४ हजार ९ सय १६ छन् । ती मध्ये १ हजार ५ सय ९० जनाको आइसियू र ३ सय ९० काे भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ ।
४१ जिल्लामा ५ सय बढी सक्रिय सङ्क्रमित
पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ ।
मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५ सय बढी संक्रिय सङ्क्रमित छन् ।
यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५ सय बढी छ । सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन ।
नेपालमा हालसम्म ४ लाख ७२ हजार ३ सय ५४ मा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ६१.७२ प्रतिशत अर्थात २ लाख ९१ हजार ५ सय ३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात १ लाख ८० हजार ८ सय २१ महिला छन् ।
सङ्क्रमितमध्ये ३ लाख ५२ हजार ४ सय १४ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ ।
हालसम्म कोरोनाबाट ५ हजार ४ सय ११ ले ज्यान गुमाएका छन्।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



