लम्जुङ केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ जेठ । लम्जुङ केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लम्जुङको भुलभुले केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार यो २०७२ साल बैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलकै परकम्प हो । ठूलो भूकम्प गएको लामो समयसम्म परकम्प आइरहने अधिकारीको भनाइ छ ।

भूकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा पनि महशुस गरिएको छ ।