भूकम्पले दर्जन बढी घर भत्किए, चार घाइते, उद्धार जारि

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



लमजुङ, ५ जेठ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का लमजुङसहित तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङजा, धादिङ, काठमाडौं लगायतका जिल्लाहरुमा महशुस गरिएको समाचार छ ।

लमजुङबाट पत्रकार नवीन कुईकेलले दिएको जानकारी अनुसार मस्याङदी गाउँपालिकामा घर भत्किदा चारजना घाईते भएका ।

घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका वडा नं ८ मा दर्जन बढी कच्ची घरमा भूकम्पले क्षती पुर्याएको छ । अहिले उद्धारका लागि स्थानिय, पत्रकार र सुरक्षाकर्मिको टोलीले विवरण लिने काम गरिरहेको छ । फाेटाेः नवीन कुइकेल