
पोखरा, ५ जेठ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार प्रदेश सरकारको मन्त्रिमण्डल बिस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरु दोहोर्याएर सानो आकारको भए पनि मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।
गुरुङ सरकारको दोस्रो कार्यकालमा मन्त्री दोहोरिनेहरुमा सम्भवतः आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) छन् । पुरानै दोहोर्याउने वा केहीलाई मात्र ल्याउने भन्नेबारे यकिन अझै भैसकेको छैन ।
असार १ मा बजेट ल्याउनुपर्ने बाध्यता प्रदेश सरकारलाई भएकोले उनले सानै आकारको भए पनि मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् । बजेटको १५ दिनअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अविश्वासको प्रस्तावमा २७ वैशाखमा मत विभाजनको अघिल्लो दिन पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङ प्रदेशसभामा ठूलो दलको हैशियतले २९ वैशाखमा पुनः मुख्यमन्त्री दोहोरिएका थिए । यद्यपि ३० दिनभित्र प्रदेशसभामा उनले विश्वासको मत लिनुपर्छ । त्यसको लागि कुल ६० सदस्यमा बहुमतका लागि आवश्यक ३१ सदस्यको समर्थन चाहिन्छ । उनको पार्टी नेकपा एमालेसँग अहिले २७ जना मात्र सांसद छन् । स्वतन्त्र सांसद मनाङ्गेको साथ हुँदा २८ भए पनि आवश्यक ३ सदस्यको लागि विपक्षी कुनै पार्टीलाई फकाउनुपर्छ ।
सरकारमा आए राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) र जनता समाजवादी पार्टी (जसपा) लाई मुख्यमन्त्रीले रोजेर मन्त्रालय दिने पक्षमा छन् ।
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमणपछि होम आइसोलेसनमै बसेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



