
काठमाडाैं, ५ जेठ । नेपाल राष्ट्र बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न चाहने उद्योगीलाई बेस रेट (आधारदर) मा नै कर्जा पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षा गर्दै बेस रेट (आधारदर) मा कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो। कोरोना भाइरसको कारण बजारमा अक्सिजनको माग बढेपछि राष्ट्र बैंकले अक्सिजन उद्योग स्थापनाको लागि उद्योगीलाई सहुलियत दिने निर्णय गरेको बताएकाे छ। हाल बैंकहरूको बेसरेट (आधारदर) ७ प्रतिशतकाे हाराहारीमा छ।
राष्ट्र बैंकका अनुसार उधाेगीले याे सुबिधाबाट लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोडसम्म र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडसम्मको कर्जा पाउनेछन्। कर्जालाई १ वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ। पुनर्कर्जाको ब्याजदर १ प्रतिशत हुने बताइएकाे छ।
बैंक तथा वित्तीय संस्थाहरूले सीएसआर अन्तर्गत छुट्ट्याएको रकम कोभिड नियन्त्रणका गतिविधिमा खर्च गर्न पाउने समेत भनिएकाे छ। बैंकले नाफाको १ प्रतिशत सीएसआरमा छुट्ट्याउनु पर्ने प्राबधान छ । अब बैंक तथा वित्तीय संस्थाहरूले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधिमा खर्च गर्न पाउनेछन्। कोभिडलाइ मध्यजर गर्दै मानव जीवनरक्षामा योगदान पुग्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्ताे निर्देशन गरेको बताएकाे छ।

बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको अनुमति लिएर मात्रै निषेधाज्ञाकाे समयमा मुद्दती निक्षेप, कर्जा, तथा प्रतीतपत्रको नवीकरण गर्नुपर्ने भनिएकाे छ। यसअघि बैंक तथा वित्तीय संस्था नवीकरण गर्न बाध्यकारी हुँदैनथे। निक्षेप तथा कर्जाको ब्याज परिवर्तन हुँदा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्तिको मोबाइल तथा इमेलमा जानकारी गराउनुपर्नेछ। यसअघि ब्याज परिवर्तन हुँदा बैंकहरूले वेभसाइट र पत्रिकामा मात्र सुचना प्रकाशित गर्ने गरेका थिए।
याे समयमा बैंक तथा वित्तीय संस्थाहरूले ऋणीबाट जरिवानालगायत अतिरिक्त शुल्क लिन नपाउने पनि भनिएकाे छ। त्यस्तै निषेधाज्ञा सकिएको १ महिनासम्म लिलामीको सूचना निकाल्न पनि बन्देज लगाइएको छ। निषेधाज्ञाकै समयममा कर्जाको किस्ता तथा ब्याज भुक्तानी गर्ने ग्राहकले छुटसमेत पाउनेछन्। अघिल्लो वर्ष १० प्रतिशत छुटको व्यवस्था गरिए पनि यस वर्ष कति छुट दिने भन्ने घोषणा भने गरिएको छैन।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



