बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ जेठ । साताको चौथो दिन बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट भएको छ । सुनमा १०० रुपैयाँ र चाँदीमा २० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुनको मूल्य आज ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा २० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको छ ।