
काठमाडौं ५ जेठ । साताकाे चाैथाे दिन शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । कारोबार रकममा भने नयाँ रेकर्ड कायम भयाे । आज झण्डै १२ अर्बकाे काराेबार भएकाे हाे ।
आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ । नेप्से ०.४७ अंकले घट्दा सेन्सेटिभ इन्डेक्स १.०६ अंकले घटेर ४९६.१४ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको जनाइएकाे छ ।
नेप्सेका अनुसार आज ५ वटा उपसमूहमा हरियाली छाएको छ । ती सबैको शेयर बढेको छ भने बाँकी रहेका ८ वटा उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको घटेको छ ।
आज विकास बैंक, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको हाे ।
यस्तै बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको शेयर बढेकाे नेप्सेले जनाएको छ ।
कारोबारको आधारमा आज पनि सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । अघिल्लो हप्ता पनि ४ दिन लगातार कारोबारमा अग्रता कायम गरेको कम्पनीको यस हप्ताको कारोबारको लय पनि अग्रस्थानमै रह्याे । आज कम्पनीको ५५ करोड ६९ लाख १८ हजार १०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



