निषेधाज्ञामा कर नबुझाएका व्यवशायीसँग जरिवाना नलिन सर्वोच्चकाे आदेश, व्यवशायीलाई राहत

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



काठमाडौँ, ५ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समय अवधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेका व्यवशायीसँग जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाेको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो ।

आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजश्व विभागको वेबसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जनाउँदै अदालतमा निवेदन दायर गरेकी थिइन।

सर्वोच्च अदालतकाे याे आदेशले व्यवशायीलाई केही राहत मिलेकाे छ ।