लायन्सद्वारा कोभिड अस्पताललाई ४० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण (सहयाेगी दाताहरूकाे नामावली सहित)

- व्यवसायी थापाले दिए एम्बुलेन्स प्रयाेजनका लागी फाेर्स जिप

-



     सफल आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित



पाेखरा, ६ जेठ । पोखरा महानगरपालिकाले साविक लेखनाथ नगरपालिका भबनमा संचालनमा ल्याउन लागेको १०० बेडको,कोभिड डेडिकेटेड अस्पतालको लागी आवश्यक स्वास्थ्य सामाग्री लायन्सले आज हस्तान्तरण गरेकाे छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमकाे उपस्थितिमा लायन्स क्लब्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बि १ नेपालका सहयोग संकलन समितिका संयोजक मोहनबाबु खड्काले करिब ४० लाख मुल्य बराबरकाे अक्सिजन कन्सन्ट्रेटर मेसिन, आइ.सि.यु बेड सहितका स्वास्थ्य सामाग्री पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएका सामाग्रीमा मेडिकल बेड जनरल २५ थान, मेडिकल बेड डिलक्स १५ थान, मेडिकल बेड मिनि आइ.सि.यु १० थान, हेड आइ.भि. पोल,३५ थान अटोक्लेभ मेसिन १ थान, बेड म्याट्रेक्स र सिरानी ५० थान, बेड साइड लकर ३५ थान, अक्सिजन कन्सन्ट्रेटर मेसिन, ९ थान क्रयास क्राट ट्रलि २ थान, ओभर बेड टेवल १५ थान सामान रहेका छन ।

कार्यक्रममा बाेल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले लायन्सले गरेकाे याे ठुलाे सहयाेगका लागी धन्यबाद ज्ञापन गर्दै अब १०० बेडकाे काेभिड अस्पतालमा १ हप्ताभित्र सेवा शुरू गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

गण्डकी क्षेत्रमा रहेका लायन्स क्लब, लायन सदस्यहरु तथा बिभिन्न संघ संस्थाले याे सहयोग संकलन अभियानमा साथ दिएकाे संयोजक मोहनबाबु खड्काले सफल आवाजलाई बताए । सहयोग संकलन अभियानमा समितिमा रहेर सहयाेग गर्ने प्रेमबहादुर जिसि, डिआर पाेख्रेल, पुष्पकुमारी आचार्य, शैलेन्द्रमाेहन भट्टराइ लगायत सबै लायन्स लिडरप्रति संयोजक खड्काले कृतज्ञता ब्यक्त गरेका छन ।

उनका अनुसार सहयाेग गर्नेमा नमस्ते कम्युनिटी फाउन्डेसन , मेघा बैंक नेपाल लिमिटेड , कास्की जिल्ला कवाडी संघ,पृथ्वी राजमार्ग बस संचालक समिती ,नेलम्बो नेपाल, युनाइटेड नेपाल पब्लिकेशन, काभ्रे पाेखरा मिलन समाज,कास्की रहेका छन । त्यस्तै नेलम्बाे नेपाल, पाेखरा स्टील फेब्रिकेटर्स एशाेसियसन कास्की, कंचन क्यापिटल लिमिटेड,दि टिका इन्टरनेशनल, सराङकाेट सहकारी, लेखनाथ सामुदायीक सेवा केन्द्र, रूपाकाेट ज्याेती सुनचादी पसल, सफल मिडिया हाउस प्रा लि ( सफल आवाज), एभरेष्ट एफ, एम, आर्थिक आवाज लगायत संघ संस्था र ब्यक्तीहरूले सहयाेग गरेकाे बताइएकाे छ ।

याे कोभिड अस्पतालका लागि लायन्स अन्तर्राष्ट्रियबाट समेत १६००० डलर सहयोग प्राप्त भएकाे डिष्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोकाले जानकारी दिएका छन ।

पुर्व डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यले कोभिड महामारीको समयमा लायन्सले शुरू गरेकाे याे महत्वपुर्ण अभियानलाइ सहयाेग गर्ने सबैलाइ धन्यबाद दिदै लायन्सले दिएकाे सामाग्रीकाे बिबरण प्रस्तुत गरेका थिए ।

पुर्व डिष्ट्रिक्ट गभर्नर ध्रुब थापाले धन्यबाद ज्ञापन गर्दै लायन्सकाे सहयाेगले बन्दै गरेकाे उक्त १०० बेडकाे काेभिड अस्पतालकाे ब्यबस्थापनमा नगरपालिकाले बिशेष ध्यान दिनुपर्ने बताए ।

लायन्सकाे स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, मेयर मानबहादुर जिसि, उपमेयर, मन्जुदेबी गुरूङ, कार्यकारी अधिकृत महेश बराल, नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गण्डकी प्राबिधिक शिक्षालयका प्राचार्य लक्ष्मण तिमल्सिना र लायन्स तथा नागरिक अगुवाकाे उपस्थिति थियाे ।

व्यवसायी थापाले दिए एम्बुलेन्स प्रयाेजनका लागी निशुल्क फाेर्स जिप

लेखनाथकाे कोभिड अस्पतालमा जाने काेभिडका बिरामीले निशुल्क प्रयाेग गर्ने गरी पाेखराका स्थापित ब्यवशायी तथा लायन्सका पुर्व डिष्ट्रिक्ट गभर्नर ध्रुब थापाले एम्बुलेन्स प्रयाेजनका लागी १ थान गाडी निशुल्क उपलब्ध गराएका छन ।

अस्पतालमा उपचारमा जाने बिरामीका लागी सहज हाेस भन्ने उदेश्यले काेभिड अबधीभरका लागी एउटा गाडी निशुल्क उपलब्ध गराएकाे हिमालय अर्गनाइजेशनका अध्यक्ष रहेका ध्रुब थापाले सफल आवाजलाई बताए ।

उक्त गाडीकाे साँचाे पाेखरा महानगरका मेयर मानबहादुर जिसि र लायन्सका कोभिड अस्पताल निर्माण सहयाेग संकलन समितिका संयाेजक मोहनबाबु खड्काकाे राेहबरमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुब थापा र प्रबन्ध निर्देशक मिलन थापाले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई हस्तान्तरण गरेका थिए ।

थापाले यसअघी नेपाली काँग्रेस कास्कीलाई २ वटा जिप र पाेखरा जेसिजलाइ १ थान फाेर्स जिप सहयाेग गरिसकेका छन।

साविक लेखनाथ नगरपालिका भबनमा संचालन हुन लागेको १०० बेडको कोभिड डेडिकेटेड अस्पतालमा सहयाेग गर्ने दाताहरूकाे नामावली यसप्रकार छ :