शेयर खरिद बिक्रीमा उत्साहित गराउनेलाई बोर्डले दियाे कारबाहीको चेतावनी

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । नेपाल धितोपत्र बोर्डले शेयर खरिदबिक्रीका सम्बन्धमा शेयर बजारलाई प्रभाव पार्ने, व्यक्ति वा समूहलाई उत्साहित गराउनेलाई कारबाहीको चेतावनी दिएको छ ।

धितोपत्र बजारको नियामक निकाय बोर्डले एक बिज्ञप्ति प्रकाशित गरेर शेयर खरिद तथा बिक्रीका लागि उत्साहित बनाउने अभिप्रायले सूचना प्रवाह नगर्न, नगराउन निर्देशन समेत दिएको छ ।

बिभिन्न व्यक्ति तथा समूहले संचार माध्यम र सामाजिक संजालमा नेप्से परिसूचक, शेयरको मूल्य घटबड भईरहेकोमा निश्चित शेयर खरिद तथा बिक्री गर्नका लागि उत्साही बनाउने खालको बिचार र अन्तरवार्ता दिएको भन्दै बोर्डले यस्तो कार्यलाई रोक्न निर्देशन दिएको छ ।

नेपाल धितोपत्र ऐन २०६३ बमोजिम शेयर खरिद बिक्रीका लागि उत्साहित बनाउने उदेश्यले सूचना सम्प्रेषण गर्न मनाही छ । ऐन बिपरित कार्र्य गरेको खण्डमा त्यो धितोपत्रसम्बन्धी कसूर मानिने र कारबाहीका भागिदार हुुनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले लगानीकर्ताहरलाई कसैको उक्साहटमा नलागेर सुझबुझपूर्ण तवरले लगानी गर्न सबैमा अनुरोध गरेको छ ।