फेरी घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । साताको छैंटौ दिन शुक्रबार आज सुनचाँदीको मूल्यमा गिरावट भएको छ । आज छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भएको छ । चाँदीमा भने सामान्य १० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।