प्रधानमन्त्रीमा परेको दुवै दाबी खारेज

-



     सफल आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ। प्रधानमन्त्रीमा परेको दुवै दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिदिएकी छिन् ।

शुक्रबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए।

राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार दुबै दावीकर्ताले प्रस्तुत गर्न नसकेकाले प्रधानमन्त्रीमा नियुक्ति गर्न नमिल्ने देखिएको उल्लेख छ।

हेर्नोस विज्ञप्ति: