निषेधाज्ञालाई थप कडाइ गर्न गृहकाे निर्देशन, ७७ जिल्लाका सिडियाेलाई परिपत्र गरियाे

-



     सफल आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ जेठ । सरकारले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने भएकाे छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृह मन्त्रालयमा नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग छलफल गर्दै निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन ।

गृहसचिव न्यौपानेसँगकाे छलफल लगतै निषेधाज्ञालाई थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिइसकेकाे सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले सफल आवाजलाई बताएका छन ।

सचिवको निर्देशनपछि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटा सुरक्षा अधिकारीलाई परिपत्र समेत गरिसकेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै अत्याबश्यक बाहेक सर्वधारणलाई घरबाहिर निस्कन नदिन कडा निर्देशन दिइएकाे बताएकाे छ।

काठमाडौंका सिडियाे कालिप्रसाद पराजुलीले गृह मन्त्रालयले जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन गरेकाे बताएका छन । निर्देशनअनुसार नै काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाउने काठमाडौंका सिडियाे पराजुलीले बताए ।

साथै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई १ सय जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई २ सय रअनुमतिबिना बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाएमा समेत कार्वाही गर्नसक्ने व्यवस्था गरेकाे छ ।