
काठमाडौं, ८ जेठ । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष के पी वली ओलीलाई प्रधानमत्रीबाट हटाउन विपक्षी दललाई समर्थन गर्दै हस्ताक्षर गरेका ति सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण साेधिएकाे र पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ । स्पष्टीकरण कस्तो आउँछ, त्यसका आधारमा पार्टीले थप निर्णय गर्ने उनले बताए ।
२६ जनामध्ये अरु कतिपयले मैले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य समेत दिएकाले उनीहरूलाइ हाल स्पष्टीकरण सोधिएकाे छैन । स्राेतका अनुसार नेपाल पक्षमा भनिएका सिनियर युवा नेताहरू संस्थापन पक्षमा आउन छलफल गरिरहेकाे जनाइएकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



