
काठमाडौं, ९ जेठ । राष्ट्र बैंकले मुद्धती र कल निक्षेपमा गरी ६४ करोड ६३ लाख ५९ हजार ७०० सय रुपैयाँ लगानी गर्न लागेको छ । राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट संचालनमा रहेका विभिन्न आयोजनाहरुको रकमलाई मुद्धती तथा कल निक्षेपमा लगानी गर्न लागिएको हो ।
बैंकका अनुसार मद्धती निक्षेपका लागि ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपका लागि १३ करोड १८ लाख ९६ हजार ७४० रुपैया लगानी गर्न लागेको हो ।
बैंकले १ वर्षे मुद्धती निक्षेपका लागि उक्त लगानी गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकबाट अनुमति पाएका क, ख, ग बर्गका बैंक तथा वित्तीय संस्थाको कल तथा मुद्धती निक्षेपमा लगानी गरिने जनाईएको छ ।
आवेदनकर्ता बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याज खुलाएर आवेदन दिनुपर्ने छ । आवेदकहरुले जेठ ११ गते अपरान्ह ४ वजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



