उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिदै, थप कडाइ हुने

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञालाई लम्ब्याउन लागिएको हो ।

हाल जारी रहेको निषेधाज्ञाको समय जेठ १३ गते राति सकिने भएकोले एक हप्ता थप्न लागिएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । उनका अनुसार थप कडाईका साथ निषेधाज्ञा थप्न लागिएको छ ।

निषेधाज्ञाको बारेमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताईएको छ । यसपटक थपिएको निषेधाज्ञामा अत्याबश्यक कामम बाहेक अन्य मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिने र थप कडाई गरिने भएको छ ।