
काठमाडौं, १० जेठ । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सन पदमा लायन मनबहादुर रोका निर्वाचित भएका छन्। डिस्ट्रिक ३२५ बि १ नेपालका हालका डिस्ट्रिक्ट गभर्नर रहेका रोका लायन वर्ष २०२१-२२ काे काउन्सिल चेयरपर्सनमा साेमबार निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको भाइस काउन्सिल चेयरपर्सनमा डिस्ट्रिक्ट ३२५ ए टु का इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन केशव पाण्डे, काउन्सिल सेक्रेटरीमा डिस्ट्रिक्ट ३२५ ए वानका इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन रेवत कार्की चयन भएका छन्।
मल्टिपल ३२५ नेपालको काउन्सिल ट्रेजररमा डिस्ट्रिक्ट ३२५ बि टु का इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्ट र काउन्सिल जोइन्ट सेक्रेटरीमा डिस्ट्रिक्ट ३२५ बि वानका इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन विशेश्वर आचार्य चयन भएका छन्।
कोरोना र हालको जारी निषेधाज्ञाका कारण भर्चुअली भएकाे निर्वाचनबाट मल्टिपल काउन्सिल चेयरपर्सनमा लायन मनबहादुर रोका सहित सबै लिडरहरु निर्विरोध निर्वाचित भएको काउन्सिल चेयरपर्सन लायन इन्द्र खत्री राजनले जानकारी दिए।
लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको बिधानअनुसार मल्टिपल काउन्सिल चेयरपर्सनकाे लागि हुने साे निर्वाचनमा ४ वटा डिस्ट्रिक्टका इलेक्ट गभर्नरले मात्र मतदान गर्ने ब्यवस्था छ । मल्टिपल काउन्सिल चेयरपर्सनकाे कार्यकाल १ वर्षकाे हुनेछ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



