नेपाल र खनाल सहित ११ नेता एमालेको साधारण सदस्यबाटै निष्कासित

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । नेकपा एमालेकाे साेमबार बसेको स्थायी कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई नेकपा एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको प्रबक्ता प्रदीप ज्ञवालीले बताए ।

शनिवार स्पष्टिकरण मागिएका खनाल, नेपाल र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको बताइएकाे छ।