शिखर इन्स्योरेन्सको ३८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ जेठ । शिखर इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गएको आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई २७.७८ प्रतिशत बोनस शेयर बाँडेको थियो । कम्पनीले सोहि शेयरलाई नेप्सेमा सूचीकृत गरेको जनाएकाे छ ।

सूचीकृत शेयर शेयरधनीहरुको डिम्याट खातामा गएपछि दोश्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीले २७.७८ प्रतिशत बोनस शेयर फाँडफाँड गरेपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड पुर्याएको थियो ।