
काठमाडौं, ११ जेठ । अघिल्लो दिन सोमबार सूचकसंगै ऐतिहासिक कारोबार गरेर कीर्तिमान कायम भएको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट भएको छ । सूचकहरुमा मिश्रीत नतिजा देखिए पनि आज पनि उत्साहवर्धक कारोबार भएको छ । तर आजको कारोबारले अघिल्लो दिन सोमबार भएको १३ अर्बको कारोबारलाई भने भेटाउन सकेन ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज नेप्सेपरिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.२३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ४.५१ अंकले घटेर ५०३.९९ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ३२ लाख ९६ हजार ९३७ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ३६ करोड ८० लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ वटै उपसमूहरुमध्ये ६ वटा उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ । व्यापार, हाइड्रोपावर, निर्जिवन बीमा, माइक्रोफाइनान्स, जीवनबीमा र म्युचुअल फण्ड उपसमूहको शेयर बढेको हो ।
यस्तै आज ७ वटा उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, उत्पादन, अन्य र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको आज ३३ करोड ७१ लाख ९६ हजार ९७० रुपैया बराबरको कारोबार भएको छ ।
दोश्रोमा हाइड्राे इलेक्ट्रिसिटी कम्पनी लिमिटेडको ३० करोड १९ लाख ५ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेश्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २९ करोड १५ लाख ७५ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



