
काठमाडौं, १२ जेठ। सेयर बजारमा हुने बैंक तथा वित्तीय संस्थाको लगानीमाथि केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले थप कडाइ गरेेको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले सेयरको दोस्रो बजारमा गर्ने लगानीमाथि कडाइ गरेको हो।
यो परिपत्रसँगै बैंक तथा वित्तीय संस्थाले कुनै पनि कम्पनी दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा अगाडि लगानी गर्न पाउने छैनन्।
राष्ट्र बैंकको परिपत्रमा सर्वसाधारणमा सेयर विक्री गरेर धितोपत्र विनिमय बजारमा सूचीकृत भएको संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने भनिएको छ। ‘सर्वसाधारणमा सेयर विक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्नु पर्नेछ’, परिपत्रमा भनिएको छ।
यसले बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न नपाउने भएका छन्। ‘सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने छ’, परिपत्रमा थप भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्।’

बैंक तथा वित्तीय संस्थाले खरिद गरेको एक वर्ष समय भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र विक्री गर्ने व्यवस्था गरिएको छ।
यसअघि बैंकले प्राथमिक पूँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउँथे। सेयर बजारमा अहिले बैंक तथा वित्तीय संस्थाको ४० अर्ब बढी लगानी रहेको छ। यो परिपत्रले २०७८ जेठ १० गतेसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न बाधा नपुग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
‘खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन्’, परिपत्रमा भनिएको छ, ‘तर, यसअघि (मिति २०७८/०२/१० सम्म) लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण एक वर्ष बढी समयदेखि लकडाउन र निषेधाज्ञाको शृङ्खला जारी छ। महामारी, लकडाउन र निषेधाज्ञाले आर्थिक गतिविधि ठप्प प्रायः छन्।
अन्य आर्थिक गतिविधि चुस्त नहुँदा बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गरेर राम्रो आम्दानी बढाउँदै आएका थिए। बैंक तथा वित्तीय संस्थाको लगानीकै कारण कोरोना महामारीले अन्य क्षेत्र अस्तव्यस्त भएको समयमा सेयर बजारको सूचक नेप्से चम्किएको छ। एकातिर महामारीले आर्थिक संकट सिर्जना भइराखेका बेला नेप्से इन्डेक्समा उछाल आएपछि राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्नेगरी परिपत्र जारी गरेको हो।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



