
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने भएका छन्।
बाइडन राष्ट्रपति भएपछि पहिलोपटक पुटिनसँग भेट्न लागेका हुन्। दुई राष्ट्रपतिले १६ जुनमा जेनेभामा भेट्ने तयारी गरेका ह्वाइट हाउसले जनाएको हो।
ह्वाइट हाउसको प्रेस सेक्रेटरी जेन साकीले १६ जुनमा हुने भेटमा सबै मुद्दामा छलफल हुने भन्दै अमेरिका र रुसको सम्बन्ध सुधारेर विश्वव्यापी विषयमा सहयोग गर्ने बताइन्।
‘मिटिङमा सबै विषयमा छलफल हुनेछ। के के विषय हुन् सबैलाई थाहा छ’, साकीले भनेकी छन्, ‘हामी रुस र अमेरिकाको सम्बन्धमा सुधार होस् र ग्लोबल इश्यूजमा सहयोग गरौं।’
पछिल्लो समय अमेरिका र रुसको सम्बन्ध राम्रो छैन। बाइडनले सन् २०२० को अमेरिकी चुनावमा पुटिनले कथित रुपमा गडबडी गरेको भन्दै यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन्।
बाइडनले एक साक्षात्कारमा पुटिनलाई घातक भएको आरोप पनि लगाएका थिए। रुसी राष्ट्रपति पुटिनले भने बाइडनको आरोपको खण्डन गर्दै प्रत्यक्ष कुराकानी गर्न आह्वान गरेका छन्।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




