
काठमाडौं, १२ जेठ । ‘यास’ नामक चक्रवातका कारण अबको तीन दिन नेपालका विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्।
बंगालको खाडीमा बनेको चक्रवातको आशिंक प्रभावले बुधबार, बिहीबार र शुक्रबार विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद्ले पूर्वानुमान गरेका हुन्।
‘याक’ चक्रवातको प्रभावले अहिले पनि प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशमा सामान्य बदली भएको छ। बाँकी प्रदेशमा बादल लाग्दै घाम लाग्दै गरेको छ।
बागमती प्रदेशको केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यक वर्षाको सम्भावना छ।
यस्तै प्रदेश १ को एक दुई ठाउँमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ। गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात पनि हुन सक्नेछ।
यस्तै बुधबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आशिंक बदली हुनेछ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ को एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागको केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान मौसमविद्ले गरेका छन्।
बिहीबार र शुक्रबारको मौसम पूर्वानुमान
यस्तै बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।
यसैगरी बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।
यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।
यस्तै बिहीबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।
केही दिनयता पानी नपर्दा देशभर ह्वात्तै गर्मी बढेको छ।








काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै… 




