
विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण जित्नेको संख्या १५ करोड नाघेको छ ।
अहिलेसम्म १६ करोड ८५ लाखमा कोरोना पुष्टि हुँदा निको हुनेको संख्या १५ करोड ४० हजार नाघेको हो ।
अझैपनि १ करोड ४९ लाख सक्रिय संक्रमित रहेकामा ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ४८ लाखको अवस्था सामान्य रहेको र बाँकी शून्य दशमलव ६ प्रतिशत अर्थात ९६ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ । ३४ लाख ९९ हजारको भने कोरोनाका कारण मृत्यु भएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै २ करोड ७६ लाखले कोरोना जितेका छन् । त्यहाँ ३ करोड ३९ लाखमा कोरोना संक्रमण पुष्टि हुँदा ६ लाख ५ हजारको भने मृत्यु भएको छ । यसैगरी २ करोड ७१ लाखमा कोरोना पुष्टि भएको भारतमा २ करोड ४३ लाखले कोरोना जितेका छन् । ३ लाख ११ हजारले भने ज्यान गुमाएका छन् ।
यस्तै ब्राजिलमा १ करोड ४६ लाख, टर्कीमा ५० लाख बढीले, रुस र बेलायतमा ४० लाख बढीले, इटाली, जर्मनी, स्पेन, अर्जेन्टिना र कोलम्बियामा ३० लाख बढीले कोरोना जितेका छन् ।
नेपालमा भने अहिलेसम्म ४ लाखले कोरोना जितिसकेका छन् । अहिलेसम्म ५ लाख २८ हजारमा कोरोना पुष्टि हुँदा ४ लाख ४ हजार निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संक्रमितको ७६ दशमलव ६ प्रतिशत हो । नेपालमा अझैपनि १ लाख १७ हजार सक्रिय संक्रिय संक्रमित रहेका र ९ सय १४ जना क्वारेन्टीनमा रहेका पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण ६ हजार ७ सयको मृत्यु भएको छ ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




