नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो : भारत

-



     सफल आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ जेठ । भारतले नेपालको पछिल्लो घटनाक्रमलाई आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

दोस्रो पटक प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणापछिको राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो ।

बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले विज्ञप्ति निकालेरले नेपालको पछिल्लो घटनाक्रमलाई नियालिरहेको र यो नेपालको आन्तरिक मामिला भएको उल्लेख गरेका हुन् । यो नेपालको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान हुने भारतको विश्वास छ ।

नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम रहेको विज्ञप्तिमा उल्लेख छ ।