
काठमाडौं, १२ जेठ। नेपाल राष्ट्र बैंकले ५० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ। सरकारका लागि आन्तरिक ऋण उठाइरहेको केन्द्रीय बैंकले यसैअन्तर्गत वैदेशिक रोजगार बचतपत्र जारी गरेको बताएकाे छ ।
राष्ट्र बैंकले जारी गरेकाे ५ वर्षे अवधिको बचतपत्रको ब्याजदर वार्षिक १० प्रतिशत छ। हाल बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याज भन्दा याे ब्याज आकर्षक र धेरै छ। राष्ट्र बैंकले अन्य बचतपत्रमा दिएकोभन्दा यो वैदेशिक रोजगार बचतपत्रकाे ब्याज धेरै भएकाे केन्द्रीय बैंकले जनाएकाे छ।
बैदेशिक रोजगारीमा भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीका परिवारले याे बचतपत्र खरिद गर्न सक्ने छन्। त्यस्तै रोजगारीमा गएका व्यक्तिको बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरीले समेत खरिद गर्न सक्नेछन्।
वैदेशिक रोजगारमा हुनेहरुले ब्याज आम्दानी बापत सरकारलाई कर समेत तिर्नु नपर्ने सुबिधा यसमा छ । बचतपत्रकाे ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा गरिने याेजना छ। ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्ने भनिएकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



