
काठमाडौं, १३ जेठ। नेपालमा ‘यास’ चक्रवातको असर शनिबार बेलुकीदेखि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बंगालको खाडीमा बनेको चक्रवात यासको प्रभावले देशभर कै मौसम बदली भई धेरै ठाउँमा पानी पारिरहेको छ। यो क्रम शनिबार बेलुकीसम्म नै रहने मौसमविद् मन्जु बासीको अनुमान छ।
‘शनिबार बेलुकीदेखि यो प्रणाली कमजोर हुने देखिएको छ’, उनले भनिन्, ‘त्यसअघि बिहीबार, शुक्रबार र शनिबार देशभर कै मौसम बदली भई केही ठाउँमा भारी वर्षा हुने र तराईमा हावाहुरी चल्ने देखिएको छ।’
बंगालको खाडीमा रहेको ‘यास’ चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको हो। यसकै प्रभावले अहिले पनि प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
तीन दिनको मौसम पूर्वानुमान
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
यस्तै बिहीबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
यस्तै शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
यस्तै शनिबार राति देशभर आँशिकदेखि सामान्य बदली रहने छ। पहाडी भेगका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



