१५ वर्षे एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ जेठ । एनएमबि बैंकले १५ वर्ष अवधिको लागि निष्काशन तथा बिक्रीका लागि ल्याएको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक ४ प्रतिशत ब्याज प्रदान गर्नेगरी बैंकले ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामक ऋणपत्र बिक्रीको लागि ल्याएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले १५ लाख कित्ता ऋणपत्र बिक्रीको लागि ल्याएकोमा व्यक्तिगत किसिमले बिक्री गर्ने ९ लाख कित्ता रहेकाे छ । बाँकी रहेको ६ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । यसबाट ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । ५ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् । आवेदनकर्ताले घटीमा २५ देखि सबै कित्ताका लागि आवेदन दिन पाउने छन् ।

ऋणपत्र खरिदको लागि ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने भएको छ । ऋणपत्रमा इच्छुक लगानीकर्ताले सेबोनबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरु, शाखा कार्यालयबाट तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।