बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्यो

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ जेठ । बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढेको छ । बिहीबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा सात सय रुपैयाँ बढेको हो । बुधबार सार्वजनिक बिदा भएकाले कारोबार भएको थिएन ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने बिहीबार घटबढ भएको छैन । बिहीबार चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य तलमाथि भएको र डलरको मूल्य कमजोर भएकाले नेपालमा मूल्य घटबढ भएको महासंघले जनाएको छ ।