आइतबारसम्मै पानी पर्ने क्रम नरोकिने : केही ठाउँमा हावाहुरीसहित भारी वर्षाको संभावना

- बाढी र पहिरोको जोखिम

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । शुक्रबार देशका केही ठाउँमा तिब्रगतिको हावाहुरीसहित भारी वर्षा हुने मौसमविद्ले पुर्वानुमान गरेका छन् ।

चक्रवात ‘यास’ पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले शुक्रबार प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा भारी वर्षा, उच्च बेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ ठाउँमा भारी हिमपातको सम्भावना छ भने अरु ठाउँमा हल्का हिमपात हुने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

यसैगरी शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ ।

उच्च हिमाली/पहाडी भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी, बागमती, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ ठाउँमा भारी हिमपातको सम्भावना रहेको छ ।

यसैगरी शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ केहि ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका १/२ ठाउँमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ बाग्मती र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती र लुम्बिनी प्रदेशका १/२ ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १ र प्रदेश २ का केहि ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र २ का १/२ ठाउँमा भारी वर्षाको समेत सम्भावना छ ।

आइतबारसम्म नै थोरै ठाउँमा भारी वर्षा हुने भएकाले बाढी र पहिरोको जोखिम बढेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।