
काठमाडौं, १४ जेठ। हप्ताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। शुक्रबार सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार सुन तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार अन्तराष्ट्रिय बजारमै सुनको मूल्य घटेको र बिहीबारको तुलनामा डलरको मूल्य पनि कमजोर भएकाले सुनको मूल्य घटेको महासंघले जनाएको छ।
यसअघि हप्ताको पहिलो दिन आइतबार सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी सोमबारदेखि नै तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



