शाइन रेसुङ्गा बैंकको शेयर संरचनामा परिवर्तन

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक १३ लाख १२ हजार ५४९ कित्ता शेयर साधारण समूहमा परिवर्तन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकको अहिलेको परिवर्तित शेयरसंगै साधारण तथा संस्थापक शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको जनाएकाे छ ।

बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४४ करोड नाफा आर्जन गरेको छ । चुक्ता पूँजी ३ अर्ब ४० करोड रहेको छ ।