
काठमाडौं, १५ जेठ । लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको छ । बिहीबारदेखि लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको हो ।
बंगालको खाडीमा बनेको चक्रवात यास पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसमविद्ले बताएका छन् ।
लगातार पानी परेर जमिन भिज्दा पहिरो जाने, सडक अवरुद्ध हुने, जमिन कटान हुन थाल्ने भएकाले भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातकै प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी परिरहेको छ ।
शनिबार दिउँसो प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्नेछ ।
यस्तै शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुँदा लुम्बिनी प्रदेशका १/२ ठाउँमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशका १/२ ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का १/२ ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।
त्यस्तै सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र प्रदेशका १ का १/२ ठाउँमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



