राष्ट्रपतिबाट तीन अध्यादेश जारी

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीन अध्यादेश जारी गरेकी छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयमा सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार शनिबार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएका हुन्।