
काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आर्थिक वर्ष २०७८/०८९ को वजेट सार्वजनिक गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री पौडेल वजेट सार्वजनिक गर्नका लागि सिंहदरबार गएका हुन ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण सुनाएका छन् । आज सिंहदरबारबाट आर्थिक वर्ष २०७८, ०८९ को वजेट सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ४ प्रतिशतसम्मको हुने बताए ।
कोभिड १९ को खोपको लागि २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।
पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।
कृषि क्षेत्रको बजेट वृद्धि
सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।
सरकारले स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड विनियोजन गरेको छ। सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेकाे छ। स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड विनियोजन गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन भएकाे छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ । आगामी वर्ष यो कार्यक्रमबाट २ लाखले रोजगारी पाउने लक्ष्य राखेको सरकारले न्यूनतम १ सय दिनको रोजगारी दिने उद्देश्य रहेको बताए ।
सहुलियत कर्जा तथा इजाजत र नविकरणमा छुट
सरकारले सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताए । सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने भएको छ ।
कोभिड १९ प्रभावित होटल, ट्राभल, यातायत र पर्यटन व्यवसाय सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग हस्तकला उद्योग, संचारगृह र विज्ञापन सेवा, टेलरिङ, व्युटी पार्लर तथा हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८, ८९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुरमा समेत छुट दिई स्वतः नविकरण हुने व्यवस्था मिलाइएको छ ।
स्थानीय तह र प्रदेशलाई रकम बृद्धि
सरकारले स्थानीय तह र प्रदेशलाई दिइदै आएको रकममा बृद्धि गरेकाे छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदेशतर्फ ५७ अर्ब ९६ करोड र स्थानीय तहलाई ९४ अर्ब ५६ करोड पुगेको जनाए ।
शसर्त अनुदानमा प्रदेशका लागि ३५ अर्ब ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड विनियोजन गरिएकाे छ । समपूरक अनुदान १२ अर्ब ३७ करोड पुगेको छ । विशेष अुदानमा १२ अर्ब ४६ करोड विनियोजन गरिएकाे छ । प्रदेश र स्थानीय तहका १ खर्ब २६ अर्ब विनियोजन भएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। उक्त कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको छ । बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन र कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन भएकाे छ। बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन सार्वजनिक विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनका लागि आठ अर्ब ७३ करोड विनियोजन गरिएकाे छ । यसले देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने भएका छन् ।
काठमाडौं-तराई फास्ट ट्र्याक निर्माण तथा रेल संचालन
काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ । २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्नका लागि २ अर्ब ६४ करोड बजेट बिनियाेजन भएकाे छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउनका लागि ९ अर्ब ८५ करोड बजेट बिनियाेजन गरिएकाे छ । सरकारले रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। काठमाडौं उपत्यकामा मेट्रो रेल संचालनको सम्भाव्यता अध्ययन गरिने भएकाे छ ।
लाइभ हेर्नकाे लागि तलकाे लिंक क्लीक गर्नुहाेस्ः–






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



