काेराेना नियन्त्रण तथा राेकथामका लागि ३७ अर्ब ५३ करोड विनियोजन

- सबै नेपालीलाई खोपको सुनिश्चितता गरिने

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले कोभिड १९ काे उपचार तथा राेकथाम नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको बताए । उनले सबै नेपालीलाई खोपको सुनिश्चितता गरिने बताए ।

अर्थमन्त्री पौडेलले अक्सिजन प्लाण्टलगायतका आवश्यक कामका लागि बजेट व्यवस्था गरिएको बताए । अस्पतालहरूमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गरिने भएकाे छ । यस्तै सरकारले कोभिड उपचारमा आवश्यक उपकरण खरिद गर्नका लागि ४ अर्ब विनियोजन गरेको छ।

कोभिड १९ काे उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिईने भएको छ। कोभिड संक्रमितकाका लागि सबै प्रकारका अस्पतालबाट उपचार हुने व्यवस्था गरिने अर्थमन्त्री पौडेलले बताए ।