बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा, १ खर्ब ८० अर्ब बढी विनियोजन

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ। सरकारले आगामी आर्थिक वर्षकाे ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ ।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले बनाएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदानमा १८ अर्ब ३४ करोड समेत समावेश भएको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने बजेटमा जनाइएकाे छ ।